१३ बैशाख २०८१, बिहीबार
Follow Us

पर्सामा कोरोना संक्रमणबाट १८ वर्षीया युवतीको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ श्रावण २०७७, बुधबार ०६:४८

पर्सा । पर्सामा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवती रहेकी छिन् ।

सोमवार राति पटकपटक बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकहरुले बताएका छन् ।

उनको शव नेशनल मेडिकल कलेजमै राखेर आकस्मिक स्वाब संकलन गरी मंगलवार नारायणी अस्पतालमा पठाइएको थियो । मंगलबार राति उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका फिजिसियन एवं गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहले बताए ।