६ बैशाख २०८१, बिहीबार
Follow Us

सप्तरीमा श्वासप्रश्वासमा समस्याले तिन जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ श्रावण २०७७, बुधबार ०९:०८

काठमाडौ। सप्तरीमा मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका ५ स्थित गढियामा ४५ वर्षीय पुरुषलाई मंगलबार एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजालैगर्दा बाटोमै मृत्यु भएको हो ।
यस्तै, श्वासप्रश्वासमा समस्या आएर साउन १५ गते देखि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराएरहेका दुई जनाको पनि मृत्यु भएको छ ।अस्पतालमा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध को मृत्यु भएको हो । मृत्यु भएका तीनै जनाको स्वाब संकलनका लागि प्रकृया भैरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।