१५ बैशाख २०८१, शनिबार
Follow Us

थप ३ सय ८१ जनामा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
२१ श्रावण २०७७, बुधबार १०:५७

काठमाडौं । बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १ सय ७४ रहेको छ । बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् । हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।

वीरगन्जमा एकैदिन १ सय ३३ जना संक्रमित
पछिल्लो २४ घण्टामा वीरगन्जमा एकैदिन १ सय ३३ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार उनीहरूमा संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये १७ जना बारा जिल्लाका र बाँकी सबै पर्साका छन्। उनीहरू ८ वर्षदेखि ७४ वर्षसम्मका रहेका छन् । वीरगन्जमा कोरोना संक्रमणको संख्या बढे पछि पछिल्लो समय परीक्षणको दायरा पनि बढाइएको छ।