७ बैशाख २०८१, शुक्रबार
Follow Us

निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७७, बुधबार २०:५५

काठमाडौँ । सरकारले बुधबार राती प्रेस विज्ञप्ती निकाल्दै भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । बुधबार मात्र काठमाडौं उपत्यका एक सय दुई जना संक्रमित थपिए संगै गृह मन्त्रालयले विज्ञप्ती निकालेको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए । संक्रमित भेटिएसंगै कोरोना भाइरसको जोखिम बढेको भन्दै जोर विजोर लागू गरिएको मन्त्रालयका प्रवक्ता अधिकारीले बताए ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुने उनले विज्ञप्तीमा जनाइएको छ । सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।