१२ बैशाख २०८१, बुधबार
Follow Us

म्यान्चेस्टर युनाईटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०७७, बिहीबार ०३:५७

लन्डन । चर्चित क्लबहरु म्यान्चेस्टर युनाईटेड र इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । गएराती भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रियाको लास्कलाई २–१ ले हराउँदै इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा उक्लेको हो ।

पहिलो लेगमा ५–० को जित निकालेको म्यान्चेस्टर युनाईटेडले हिजोको जितपछि समग्रमा खेल ७–१ ले आफ्नो पक्षमा पार्‍यो । गएराती स्पेनको गेटाफेलाई २–० ले हराउँदै इटालीको इन्टर मिलान पनि क्वाटरफाईनलमा पुगेको छ ।

गएरातीका अन्य खेलहरुमा जर्मनीको वुल्फवर्गलाई ३–० ले हराउँदै युक्रेनको शख्तर डोनेत्स्क तथा टर्कीको इस्तानबुल बासाक्सेरलाई ३–० ले पाखा लगाउँदै डेनमार्कको एफ.सी कोपनहेगन पनि क्वाटरफाईनलमा उक्लिएका छन् ।