८ बैशाख २०८१, शनिबार
Follow Us

प्रदेश २ का कानून मन्त्री यादवलाई कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०७७, बिहीबार ०६:०९

जनकपुर । प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना सक्रमण पुष्टि भएको हो ।

बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

उनी अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बसेका छन् । त्यस्तै जनता समाजवादी पार्टीका प्रदेश सभाकी सदस्यमा पनि बुधवार बेलुका रिपोर्ट आएसँँग कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

प्रदेश नम्बर २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २१ जनाको ज्यान गइसकेको छ ।