७ बैशाख २०८१, शुक्रबार
Follow Us

केही दिनभित्रै सुनको मूल्य तोलाको १ लाख ३० हजार पुग्ने आँकलन

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०७७, बिहीबार ०६:१८

काठमाडौं । सुनको मूल्य आज पनि प्रति तोला १ हजार एक सय रुपैयाँ बढेको छ । दुई सातादेखि निरन्तर उकालो लागेको छापावाल सुन आज प्रति तोला एक लाख २ हजार पाँच सयमा कारोवार भएको हो । लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको हो । सुनको मुल्य हिजो पनि प्रति तोला १ हजार ६ सय रुपैया बढेर १ लाख १ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै तेजावी सुन आज १ लाख २ हजारमा कारोबार भैरहेको छ । सुनको मुल्य अन्तर्राष्ट्रिय बजारमा प्रति औंस २८ डलरले बृद्धि भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ । मूल्य बढेपनि बजारमा सुनको कारोवार भने ठप्प जस्तै छ ।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो । केही दिनभित्रै सुनको भाउ नेपालमा १ लाख ३० हजारसम्म पुग्ने आँकलन गरिएको छ ।