१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओली कोरोना संक्रमितको क्लोज कन्ट्याकमा

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०७७, बिहीबार १०:१८

काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरस को संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘क्लोज कन्ट्याक्ट’को सूचीमा परेका छन् ।

मन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए । समितिमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्रीलगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।
बैठक सकेपछि साउन १९ गते मन्त्री यादव जनकपुर फर्किएका थिए। त्यही क्रममा उनले जनकपुरमा कोरोना परीक्षण गराएका थिए।

हिजो राति रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखियो। उनी अहिले जनकपुरस्थित मन्त्री क्वार्टरमा आइसोलेसनमा बसिरहेका छन्। उनले स्वास्थ्य अवस्था सामान्य रहेको छ ।