१२ बैशाख २०८१, बुधबार
Follow Us

पूर्वमन्त्री बस्नेतलाई पितृशोक

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०७७, शुक्रबार ०३:२४

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा बिहीबार राति त्रिविवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो । उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए । उनको शव आजै गृहजिल्ला बाह्रबिसे ल्याइ र दाहसंस्कार गरिने कांग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिए ।