१५ बैशाख २०८१, शनिबार
Follow Us

सिरहाका १२ वटा स्थानीय तहको कोरोना नियन्त्रणमा १८ करोड ४१ लाख बढी खर्च

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०७७, शुक्रबार ०३:२८

सिरहा । सिरहाका सत्र वटा स्थानीय तहमध्ये १२ वटा स्थानीय तहले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरण सार्वजनिक गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले खर्च विवरण उपलब्ध गराउन दिएको निर्देशनपछि सिरहाका नौ वटा नगरपालिका र आठ गाउँपालिकाले खर्च सार्वजनिक गरेका हुन् ।

१२ स्थानीय तहले कोरोना नियन्त्रणका लागि हालसम्म १८ करोड ४१ लाख भन्दाबढी खर्च गरेको देखिएको छ । सबैभन्दा बढी सिरहा नगरपालिकाले ५ करोड ९० लाख खर्च गरेको छ । लहानले १ करोड ९८ लाख मिर्चैयाले १ करोड ७२ लाख, कर्जन्हाले १ करोड ४८ लाख, गोलबजारले १ करोड ६ लाख र धनगढीमाइले ५५ लाख ९४ हजार खर्च गरेका छन् ।

गाउँपालिकातर्फ औरहीले २ करोड २० लाख, बरियारपट्टीले १ करोड ५७ लाख, विष्णुपुरले ८८ लाख, नरहाले ७३ लाख ५९ हजार, लक्ष्मीपुरपत्तारीले ६९ लाख ६५ हजार र अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार खर्च गरेको देखिएको छ ।

सुखिपुरा र कल्याणपुर नगरपालिकाका साथै सखुवानन्कारकट्टी, भगवानपुर र नबराजपुर गाउँपालिकाले खर्च विवरण सार्वजनिक गरेका छैनन । हालसम्म सिरहामा कोरोना रोकथाम नियन्त्रण तथा उपचारमा २० करोड ९० लाख ४७ हजार ३५ रुपैयाँ खर्च भएको देखिएको हो ।