१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालमा थप ४६४ जनामा कोरोना पुष्टि

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०७७, शुक्रबार ११:०७

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार माथि पुगेको हो ।

प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार ३ सय ३० रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय २५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन्।