१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विराटनगरमा सङ्क्रमणबाट थप मृत्यु

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०७७, शुक्रबार १३:०५

विराटनगर । विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले बताउनुभयो । विराटनगर–९ निवासी ती व्यक्ति व एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडित थिए । शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको मेसु डा दासले बताउनुभयो । विराटनगरमा सङ्क्रमणबाट आजसम्म तीन जनाको मृत्यु भएको छ ।