१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना संक्रमणले आज ६ जनाको मृत्यु, मृतकको संख्या ७१ पुग्यो

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०७७, शुक्रबार १३:२२

काठमाडौं । आज कोरोना संक्रमणले ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ । गत २४ घन्टामा थप ६ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७१ पुगेको हो ।

आज पर्सामा २, ललितपुरमा २, सिराहा १ र मोरङमा १ जनाको निधन भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा मृत्यु भएको हो । उनी मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए । उनलाई साउन १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी मृतकमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुषको साउन २० गते घरमै मुत्यु भएको हो । उनको साउन २१ गते नारायणी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गर्दा साउन २२ गते कोरोना पुष्टि भएको थियो ।

सिरहा जिल्ला गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए । उनी डायलसिस गराउँदै आइरहेका थिए । उनमा साउन २१ गते कोरोना पुष्टि भएको थियो ।

मृतकमा सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय पुरुषको साउन २३ गते उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । गत साउन १९ गते कुकुरले टोकेर अस्पतालमा भर्ना भएका उनलाई रेबिजको शंका गरिएको थियो । उनको स्वाब संकलन गर्दा शुक्रबार कोरोना पुष्टि भएको थियो ।

आज पाटन अस्पतालमा ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भयो । पाठेघरको क्यान्सर रोगी सुनौली घर भएकी महिलाको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो । यस्तै सर्लाही घर भएका पुरूषको बिहान साढे ९ बजे मृत्यु भएको थियो । मृतक पुरुषमा मधुमेह र रक्तचापको समस्या रहेको अस्पतालल बताएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ।

यस्तै विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले बताउनुभयो ।

विराटनगर–९ निवासी ती व्यक्ति व एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडित थिए । शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको मेसु डा दासले बताउनुभयो । विराटनगरमा सङ्क्रमणबाट आजसम्म तीन जनाको मृत्यु भएको छ ।