१२ बैशाख २०८१, बुधबार
Follow Us

भारतको केरलामा विमान दुर्घटना हुदाँ ११ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२४ श्रावण २०७७, शनिबार ०३:४८

केरला । भारतको केरलामा एयर इन्डियाको ‘बोइङ् सेभेन थ्री सेभन’ विमान दुर्घटनाग्रस्त हुँदा विमान चालकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ २१ जना घाइते भएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईबाट केरलाको कोजिकोटस्थित अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा धावनमार्गमा चिप्लिएर उक्त विमान दुर्घटनाग्रस्त भएको हो ।

एयर इन्डियाको सो विमान दुई टुक्रामा विभाजित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यद्दपि, विमानमा आगो भने नलागेको बताइएको छ । केरलामा दुई दिनदेखि अत्यधिक वर्षा भइरहेका कारण विमान अवतरण गर्ने क्रममा चिप्लिएको अनुमान गरिएको छ । विमानमा एक सय ९१ यात्रु सवार रहेको केरलाका अधिकारीहरुले बताएका छन् ।

जसमध्ये १० बालबालिकासहित १ सय ८४ जना यात्रु र सात चालक दलका सदस्य रहेको बताइएको छ । ‘बन्दे भारतम्’ उडान अर्थात कोरोना भाइरसको संक्रमणका कारण दुबईमा फसेका भारतीयलाई उद्दार गरेर भारत ल्याउने क्रममा विमान दुर्घटना भएको हो । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले केरलाका मुख्यमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन् ।

उनले उद्दार र व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएको बताइएको छ । त्यसलगत्तै गृहमन्त्री अमित शाहले एक ट्विट गर्दै सान्त्वना प्रकट गरेका छन् ।