७ बैशाख २०८१, शुक्रबार
Follow Us

विराटनगरमा ३ पत्रकारसहित २२ जनामा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
२४ श्रावण २०७७, शनिबार ०३:५१

इटहरी । विराटनगर महानगरपालिकामा तीन पत्रकारसहित २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एकजना फोटो पत्रकार हुन् । पत्रकारलाई कोरोनाको लक्षण देखिएसँगै उनीहरु आबद्ध दैनिकले आफ्नो प्रकाशन अनिश्चितकालका लागि बन्द गरेको छ ।

पत्रकारमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गरिएको छ । पछिल्लोपटक संक्रमण पुष्टि हुनेहरु विराटनगर महानगरपालिका विभिन्न सातबटा बडाका बासिन्दाहरु हुन् ।

संक्रमण बढेसँगै विराटनगरमा लकडाउन लागू गरिएको छ । शुक्रबार मात्रै विराटनगरमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित हुनेको संख्या दुई सय ४५ पुगेको छ ।