७ बैशाख २०८१, शुक्रबार
Follow Us

को को छानिए अन्तराष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा ? (नामावलीसहित)


२४ श्रावण २०७७, शनिबार ०७:२१

लन्डन। गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा आइतबार हुन लागेको ‘ग्लोबल स्पीज कन्टेस्ट’को तयारी पूरा भएको छ । प्रतियोगितामा २९ देशका ६० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रतियोगिता हुन लागेको हो ।

एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलका अनुसार अन्तराष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा २९ देशका ६० जनाले सहभागिता जनाएका हुन । अनलाईन जुम मार्फत (अडियो, भिडियो) हुने सो प्रतियोगिता अगस्ट ९ तारिख अर्थात आइतबार नेपालको समय ३ बजे हुँदैछ ।

प्रतियोगितामा सहभागीलाई आजै शनिबार दिउँसो ३ बजेको समयमा रिहर्सल गराइँदैछ । जसको लागि सबै प्रतियोगिलाई लिंक इमेलमा पठाइएको संयोजक कँडेलले बताउनुभयो । सो लिंक सम्बन्धीत प्रतियोगिको इमेलमा मात्र पठाइने छ । साथै लिंक सबैको ईमेलमा पठाइसकेकाले सम्बन्धीत एनसिसीमार्फत प्रतियोगिलाई जानकारी गराइ सहभागि गराइदिन आग्रह गरिएको छ ।

प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई , अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डले सहभागिता जनाएका हुन ।

संयोजक कँडेलका अनुसार प्रतियोगितामा एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारसमणी पोखरेलको संयोजकत्वमा हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी र पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहनु भएको छ । यस्तै कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा हुनुहुन्छ ।

प्रतियोगितामा विजेतालाई नगद तथा सर्टीफिकेटको ब्यवस्था गरिएको छ । पहिलो हुनेलाई १ लाख, दोस्रो हुनेलाई साठी हजार, तेस्रो हुनेलाई चालिस हजार तथा प्रमाणपत्र सहितको पुरस्कार ब्यवस्था गरिएको छ । साथै प्रतियोगितमा १३ वर्षभन्दा मुनीका प्रतियोगीका लागि एक जनालाई लिटल मास्टरको टाइटल प्रदान गरिनेछ । साथै एक जनालाई एनआरएन राइजिङ स्टारले सम्मान गरिने गरि तयारी गरिएको छ ।

यस्तो छ प्रतियोगिहरुको नामावली

१. नौलाखा उमंग – म्यानमार
२. अभिलाषा खतिवडा – म्यानमार
३. षमुएल गुरूङ -मकाउ
४. दुर्गा रंजीत कुमार क्षेत्री – मलेशिया
५. सुहिम थापा- नाइजेरिया
६. वीनिषा थापा- मलेशिया
७. आर्मिंडा देवकोटा – मोरक्को
८. अंशिका बस्नेत- युगान्डा
९. हर्ष भण्डारी- बोत्सवाना
१०. पवन भण्डारी- युगान्डा
११. श्रेया बम – युगान्डा
१२. मिम्ती गुरूङ- मलेशिया
१३. सुप्रिया गिरी- सिंगापुर
१४. टिया आचार्य – युके
१५. अक्रिश भण्डारी – केन्या
१६. पुजन खत्री- जापान
१७. रिसव्चान्द्र आचार्य – जापान
१८. लोनिभा महर्जन – जापान
१९. संयोग आले – सिंगापुर
२०. जस्मिन सयद – साउदी अरेबिया
२१. क्रिस्टिना सिग्देल -स्पेन
२२. कृतिका रावत – बहराईन
२३. निशान्त खत्री – बहराईन
२४. Aisha अर्याल- साउदी अरेबिया
२५. दीक्षा थापा -साउदी अरेबिया
२६. दंग तिमिल्सिना (सजना) – थाईल्याण्ड
२७. श्रेया पोखरेल – क्यानाडा
२८. गायत्री शर्मा – पोर्तुगल
२९. स्मिद गैरे -इटाली
३०. करण दाहाल – थाईल्यान्ड
3१. दिव्या धिताल – थाईल्यान्ड
३२. कुञ्जन बोहरा -अष्ट्रिया
३३. समीरा केसी- रूस
३४. बिक्रम केसी- रूस
३५. सब्यता शर्मा – क्यानाडा
३६. Shakshi Bhattarai -युएई
३७. Samaa Siddiqui – युएई
३८. सुप्रिया घिमिरे -संयुक्त राज्य अमेरिका
३९. देव ढकाल -अस्ट्रिया
४०. प्रिन्सेस पाखा
४१. निर्जला कोइराला – दक्षिण कोरिया
४२. मिशन शर्मा – स्पेन
४३. रिषी अधिकारी – युएई
४४. आइशा सिटौला- दक्षिण कोरिया
४५. रिजु पौडेल- अस्ट्रेलिया
४६. परिणीति गुप्ता -आयरल्यान्ड
४७. उन्नती गौतम -आयरल्यान्ड
४८. दिव्या ढकाल -अस्ट्रिया
४९. आयुष्मा गैरे- पोर्तुगल
५०. मानसी खरेल- पोर्तुगल
५१. जीया हमाल – कतार
५२. रोमिन गैरे- कतार
५३. युनिक भण्डारी – कतार
५४. आर्यना राई – हङकङ
५५. प्राथना थापा – चीन
५६. युजन क्षेत्री (ज्ञवाली)- चीन
५७. रोजी थापा – हङकङ
५८. आयुष कँडेल- क्यानाडा
५९. स्वरूप काफ्ले- आयरल्यान्ड
६0. मनिषा कँडेल- स्कटल्याण्ड