१२ बैशाख २०८१, बुधबार
Follow Us

कोरोना संक्रमणबाट पोखरामा ६२ वर्षीय पुरुषको मृत्यु

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०७७, आईतवार ०४:५४

काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा एक जना पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना भाइरस उपचार केन्द्रमा भर्ना भएका ६२ वर्षीय पुरुषको उपचारको क्रममा गएराति मृत्यु भएको हो । मधुमेहका रोगीसमते रहेका उनको एघार बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १९ का संक्रमित साउन १७ गते उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । उनको अस्पतालको आइसीयूमा उपचार भैरहेको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा हालसम्म तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।