१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बुद्ध भारतमै जन्मिएका हुन्, विश्वले महान भारतीय भनेर चिन्छ : भारतीय विदेशमन्त्री जयशंकर

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०७७, आईतवार ०४:५७

काठमाडौं । भारतले फेरि एकपटक बुद्ध जन्मस्थलका विषयमा भ्रामक प्रचार गरेको छ । शनिवार आयोजित एक भर्चुअल छलफलमा भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका हुन् ।

छलफलका क्रममा उनले गौतम बुद्ध भारतमा जन्मिएको भन्दै उनलाई विश्वले महान भारतीयको रुपमा चिन्ने उल्लेख गरेका हुन् । छलफलका क्रममा उनले गौतम बुद्ध र महात्मा गान्धीलाई विश्वले नै महान भारतीयका रुपमा चिन्ने दावी गरेका हुन् । गौतम बुद्धको जन्म नेपालको कपिलबस्तुमा भएपनि भारतले पटक पटक आफ्नो देशमा जन्मिएको दावी गर्ने गरेको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गौतम बुद्ध भारतमा जन्मेको दावी गरेपछि त्यसको नेपालमा चर्को विरोध भएको थियो ।