१२ बैशाख २०८१, बुधबार
Follow Us

भारतले भन्यो- बुद्ध नेपालमा जन्मिएकोमा सन्देह छैन

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०७७, आईतवार १५:५९

काठमाडौ । भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा नै जन्मेको भन्ने विषयमा कुनै सन्देह नरहेको बताएको छ । नेपालको परराष्ट्र मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मेको तथ्य अकाट्य’ भनेर विदेशमन्त्रीको भनाईमा आपत्ति जनाए लगत्तै भारतीय विदेश मन्त्रालयले त्यसको जवाफ दिएको हो ।

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी विज्ञप्तीमा गौतमबुद्ध लुम्बिनीमा जन्मिएको र त्यो नेपालमा पर्नेमा कुनै शंका नभएको उल्लेख गरेका हुन । श्रीवास्तवले विदेशमन्त्री जयशंकरले बुद्धको बारेमा गरेको टिप्पणी ‘साझा बुद्धिस्ट सम्पदाको विषयमा मात्रै’ भएको उल्लेख गरेका हुन ।

भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार बुद्धलाई महान भारतीय भनेपछि त्यसको नेपालमा विरोध हुँदै आएको छ ।