१४ बैशाख २०८१, शुक्रबार
Follow Us

घले दम्पतीका कारण एनआरएनको शिर उच्च — उपाध्यक्ष पन्त (भिडियो)

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७३, मंगलवार ०७:५९

फ्रयांकफोर्ट (जर्मनी) — नेपाली कांग्रेस भातृसंस्था नेपाली जनसम्पर्क समिति यूरोप क्षेत्रको २ दिन भेला ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सोमवार फ्रयांकफोर्टस्थित होक्टरर्स होफ होटलमा आयोजित भेलापछि जारी गरिएको घोषणा पत्रमा संविधान संशोधन लगायतका विषयमा सामाजिक सञ्जालबाट कांग्रेसविरूद्ध सुनियोजित प्रहार भइरहेको भन्दै त्यसविरूद्ध एकढिक्का भएर प्रतिरोध गर्ने निर्णय गरिएको छ।

घोषणा पत्रमा संविधान संशोधन लगायतका विषयमा सामाजिक सञ्जालबाट कांग्रेसविरूद्ध सुनियोजित प्रहार भइरहेको भन्दै त्यसविरूद्ध एकढिक्का भएर प्रतिरोध गर्ने निर्यण गरेको छ।

‘मधेस आन्दोलन तथा संविधानप्रति असन्तुष्ट पक्षलाई समेट्ने उद्देश्यले नेपाली कांग्रेसले अगाडि सारेको राजनीतिक मार्गदिशालाई लिएर नेपाली कांग्रेस तथा पार्टी नेतृत्वबिरुद्ध नियोजित रुपमा सामाजित सञ्जालमा भैरहेको आक्रमणप्रति यो भेला खेद प्रकट गर्दछु, घोषणापत्रमा भनिएको छ, ‘कांग्रेसमाथि सामाजिक सञ्जालमा हुने आक्रमणको एक ढिक्का भएर प्रतिरक्षा गर्न विश्वभर छरिएका नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्तालाई यो भेला आग्रह गर्दछ।’

भेलामा नर्वे, स्विडेन, डेनमार्क, स्वीट्जरल्याण्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, लक्जेम्बर्ग, पोल्यान्ड, बेलायत र आयरल्यान्डका प्रतिनिधिले सहभागी थिए।

जनसम्पर्क समित यूरोपका सभापति दिल बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भेलाले नेपाली समुदायको बाक्लो उपस्थिति रहेको स्पेन र पोर्चुगलमा नेपाली दूतावास तत्कान स्थापना गर्न नेपाल सरकार समक्ष माग गरेको छ।

‘घलेको नेतृत्वमा गैरआवासीयको शिर ठाडो’

भेलाको अन्त्यमा आयोजित अन्तरक्रियामा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले एनआरएनएले भूकम्पको केन्द्रविन्दू गोरखा लाप्राकमा ६ सयभन्दा बढी घर सहितको नमुना बस्ती निर्माण तथा अन्य विषयमा अध्यक्ष शेष घले नेतृत्वको चर्चा गरे।

‘भूकम्प लगत्तै राहतमा अहोरात्र खट्नेदेखि भूकम्पपीडितका घर बनाइदिने कार्यमा शेष दाई र जमुना भाउजूले नेपालको सरकार तथा कर्मचारी संयन्त्रका अप्ठ्यारा चिर्दै गरेका कामहरुले आज सम्पूर्ण गैरआवासीय नेपालीहरुको शिर उचो पारिदिएका छन्’, उनले भने, ‘यो कामले गर्दा अाज गैरअावासीय नेपालीहरु केही गर्न सक्षम छन् भनेर प्रमाणित भएको छ।’

एनआरएनएको इतिहासमा घलेको कार्यकाल एउटा सफल उदाहरणको रुपमा रहने उनले बताए। शेष घलेको नेतृत्व टोलीमा सबैभन्दा नजिकबाट संलग्न हुन पाएकोमा उपाध्यक्ष पन्तले खुशी व्यक्त गरे। नमुना बस्ती निर्माण कार्य सम्पन्न गर्ने, आफ्नै भवन निर्माण पूरा गर्ने लगायत अध्यक्ष घलेले सुरु गरेका महत्वपूर्ण काम पूरा गर्न एनआरएनएलाई सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको भन्दै उनले ती काम सम्पन्न गर्नका लागि नेतृत्वको भारी बोक्न आफू तयार रहेको पनि बताए।

कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहाकार पुष्प थापा, प्रवासी नेपाली मञ्च जर्मनीका अध्यक्ष चन्द्र कान्त आचार्य, नेपाली जनप्रगतिशिल मञ्च जर्मनीका अध्यक्ष सागर पोखरेल, गैरआवासीय नेपाली संघ बेल्जियमा अध्यक्ष गंगाधर गौतम लगायतले मन्तब्य दिएका थिए।

जनसम्पर्क समिति जर्मनीको आयोजना भएको अन्तरकृया कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, सभापति दिल बहादुर गुरुङ गैरआवासीय नेपाली संघका सल्लाहाकार पुष्प थापा, प्रवासी नेपाली मञ्च जर्मनीका अध्यक्ष चन्द्र कान्त आचार्य, नेपाली जनप्रगतिशिल मञ्च जर्मनीका अध्यक्ष सागर पोखरेल, गैरआवासीय नेपाली संघ बेल्जियमा अध्यक्ष गंगाधर गौतम लगायतले मन्तब्य दिएका थिए। अन्तरकृया कार्यक्रम सभापति शिखर खड्काको सभापतित्वमा भएको थियो ।