१५ चैत्र २०८०, बिहीबार
Follow Us

सुटकेशमा फेला परेको शवको पहिचान खुल्यो

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०७७, सोमबार ११:३७

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका बडा नम्बर दशस्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ । सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।

टोखाको नवज्योती मार्गमा शरीर सुटकेसमा र टाउको र खुट्टा प्लास्टिकले बेरेको अवस्थामा उनको शव आइतबार विहान फेला परेको थियो । हत्याको घटनाबारे महानगरीय परिसर काठमाडौं, अपराध अनुसन्धान महाशाखा र स्थानीय प्रहरीको टोलीले अनुसन्धान अघि बढाइरहेको छ ।