१५ चैत्र २०८०, बिहीबार
Follow Us

उपत्यकाबाट ४३ सहित नेपालमा थपिए ३ सय ३८ कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०७७, सोमबार ११:३९

काठमाडौं । नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।