१२ बैशाख २०८१, बुधबार
Follow Us

कोरोना संक्रमणले काठमाडौंमा दुईजनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०७७, सोमबार ११:४०

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा दुईजनाको मृत्यु भएको छ । कलंकी ट्याङ्लाफाँटका एकजना र मध्यबानेश्वरका एकजनाको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएको हो ।

यस्तै काठमाडौं कलंकी ट्याङला फाँटका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । संक्रमित विरामीमा मधुमेहसँगै निमोनियाको समस्या देखिएको थियो । उनी उपचारका लागि साउन १५ गते अस्पताल भर्ना भएका थिए ।

त्यस्तै धनुषामा पनि कोरोना संक्रमणबाट ४५ बर्षिय पुरुषको पनि मृत्यु भएको छ । रुघाखोकी र टाउको दुख्ने जस्ता लक्षण देखिएर आइतबार मृत्यु भएका मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ निबासी पुरुषमा आज संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।