७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपति ट्रम्पको नियमित पत्रकार सम्मेलन नजिकै गोली चल्यो

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०७७, मंगलवार ०३:४९

न्यूयोर्क । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित पत्रकार सम्मेलन गरिरहेको समयमा गोली चलेको हो । गोली चलेपछि ट्रम्पले गरिरहेको पत्रकार सम्मेलन केही समय प्रभावित समेत भएको छ ।

गुप्तचर निकायका एजेन्टले विशेष जानकारी दिएपछि पत्रकार सम्मेलन छोडेर भित्र गएका थिए । घटना हुँदा ह्वाइट हाउस लकडाउन गरिएको थियो । झण्डै नौ मिनेटपछि पुन पत्रकार सम्मेलन स्थलमा फर्किएका ट्रम्पले गुप्तचर निकायका एजेन्टले आरोपित बन्दुकधारीलाई गोली प्रहार गरेको जानकारी आफूलाई रहेको बताए ।

घटना असामान्य भए पनि गुप्तचर निकायको व्यवसायिकताको भने प्रशंसा गर्नु पर्ने ट्रम्पले बताएका छन् । गोली प्रहारवाट घाइतेलाई अस्पताल लगिएको छ । गुप्तचर निकायले पनि गोलीकाण्ड भएको र थप विवरण आउन बाँकी रहेको उल्लेख गरेको छ ।