१५ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०७७, मंगलवार ०३:५६

काठमाडौं । कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका वडा नम्बर आठका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कोरोना विशेष अस्पताल जनकपुरमा बीस दिन देखि आइसीयूमा उपचाररत पुरुषको गएराति मृत्यु भएको हो । मृतक देश बाहिर कतै नगएका ब्यक्ति हुन् । पछिल्लो समय धनुषामा समुदाय स्तरमा कोरोना फैलिसकेको अनुमान गरिएको छ ।

यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कारोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या बयासी पुगेको छ ।