६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्रीको आह्वानमा प्रमुख तीन दलको बैठक

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७३, मंगलवार ०९:०३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान संविधान संशोधन, निर्वाचनलगायत विषयमा सकारात्मक छलफल भएको छ । उहाँहरुबीच छिट्टै अर्को बैठक बसी विद्यमान राजनीतिक समस्याबारे समाधान खोज्ने सहमति भएको बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभयो । उहाँले संविधान संशोधन प्रस्ताव फिर्ता लिन लागिएको हो भन्ने पत्रकारको प्रश्नमा अहिले फिर्ता नहुने जनाउनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गराउने र निर्वाचनसम्बन्धी कानुनको तर्जुमा लगायत विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिनुभयो ।
संसदमा संविधान संशोधन विधयेक दर्ता भएपछि प्रमुख दलका शीर्ष नेता पहिलो पटक छलफलमा जुटेका हुन् । प्रमुख प्रतिपक्षी एमालेले निर्वाचनसम्वन्धी विधेयक ल्याए संसद सुचारु गर्न दिने विकल्प ल्याएपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । बैठकमा सत्तारुढ कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलगायतका नेता सहभागि छन् ।