१५ चैत्र २०८०, बिहीबार
Follow Us

सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री ढकाल

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०७७, मंगलवार १०:३२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन् । उनले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस भन्ने शुभकामना दिएका हुन् ।

मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारी विरुद्ध लडन मति सप्रियोस भन्दै शुभकामना दिएका हुन् ।

उनले कृष्णअष्टमीको दिन मति विग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लडनका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिएका थिए । मन्त्री ढकालले चाहे ती मेरा घरभित्र बसेका हुन, चाहे ती मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेको योद्धाहरुको खुट्टा तान्ने काम नगर्न चेतावनी पनि दिए ।