८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा थपिए ६३८ कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०७७, मंगलवार ११:४६

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका ६ सय ३८ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालाहरुमा गरिएको २४ घन्टामा गरिएको १० हजार ४ सय ६५ पीसीआर परिक्षणमा नयाँ संक्रमित थपिएका हुन । यो वृद्धिसँगै नेपालका कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौं जिल्लामा सक्रिय सङ्क्रमितको संख्या पाँच सय भन्दा बढी छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १ हजार ३ सय १४ पुगेको छ ।

त्यस्तै डोल्पा, हुम्ला, मनाङ, मुस्ताङ, सोलुखुम्बु र संखुवासभामा एउटा पनि सक्रिय संक्रमित छैनन । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १ सय ७१ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको छ ।

अहिले देशभरका विभिन्न आइसोलेसनमा ७ हजार २ सय एक जना संक्रमित उपचार गराइरहेका छन् । अहिलेसम्मका कोरोना भाइरस संक्रमण परिक्षणका लागि ४ लाख ६२ हजार ६ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पहिचानका लागि पीसीआर परीक्षण भएको छ ।

देशभरि २ सय २४ संक्रमित घरमै आइसोलेशनमा र गम्भीर समस्या भएका ८३ संक्रमितको सघन उपचार कक्षमा उपचार भैरहेको छ । तिमध्ये तीन जना भेन्टिलेटरमा रहेका छन ।कोरोना संक्रमणवाट थप चार जनाको मृत्यु भएको छ । छ दिनमा नेपालमा २३ जनाले कोरोना कारण ज्यान गुमाएका छन । योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।