६ चैत्र २०८०, मंगलवार
Follow Us

शिवानी भट्टराईको म्युजिक भिडियो सार्वजनिक (भिडियो)


२७ श्रावण २०७७, मंगलवार १५:००

लण्डन । कोरोनाको कारण मनोरञ्जन क्षेत्र खासगरी सिनेमाको निर्माण, उत्पादन ठप्प छ । कलाकर्मीहरु फुर्सदिला छन् । यसबीचमा केही कलाकर्मी भने आपसी झगडामा उत्रिएका छन् । यसमा केही मुद्धा महिला यौन एवं लैंगिक हिंसासँग सम्बन्धित छन् ।

त्यसो त समाजमा पनि लैंगिक हिंसाको घटना बढिरहेका छन् । खासगरी लकडाउनको समयमा घरेलु हिंसाको रुप अरु चर्को भएको खबर सार्वजनिक भए । यही क्रममा केही म्युजिक भिडयो सार्वजनिक भए, जसले महिला हिंसा विरुद्ध आवाज उठाएका थिए । जस्तो कि, अबन्धन ।

यो शिवानी भट्टराईले गाएकी गीत हो । गीत लेख्ने, संगीत दिने काम पनि उनकै हो । गीतमा महिला शसक्तिकरणलाई जोड दिइएको छ । यसको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । म्युजिक भिडियोमा गायिका शिवानी स्वयमले अभिनय गरेकी छिन् । उनीसँगै प्रशान्त तामाङलाई पनि देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन भने प्रशन्न शाक्यको हो । बर्खा मुखिया र रेवत श्रेष्ठको छायांकन रहेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।