१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोरोना संक्रमणबाट जनकपुरका होटेल व्यवसायीको मृत्यु

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७७, बुधबार ०३:२०

जनकपुर । जनकपुरका एक होटल व्यवसायी एवं पूर्व नगर प्रमुख कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीस दिनदेखि काठमाडौंमा उपचार गराइरहेका संक्रमितको गएराति मृत्यु भएको हो । मुटु लगायतका रोगका विरामी उनीमा कोरोना पोजेटिभ देखिएको थियो ।

होटेल रामाका संचालक समेत रहेका गिरिलाई अवस्था गम्भिर भएपछि उपचारका लागि काठमाडौ ल्याइएको थियो । कोरोना संक्रमणबाट धनुषामा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा उपचार गराइरहेकै बेला विदेह नगरपालिकाका ६० वर्षिय पुरुषको मंगलवार मृत्यु भएको थियो ।

आइतवार जनकपुरधामको कदमचौक स्थित विनय तारा फाउन्डेशन अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत एकजना पुरुषको पनि मृत्यु भएको थियो । एकसाता अघि धनुषाका शहीदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय एक युवकको उपचारको क्रममा मृत्यु भएको थियो ।