October 1, 2020
7:28 PM | 12:13 AM

भरतपुर प्रयोगशालाबाट थप २१ जनामा कोरोना पुष्टि

  12/08/2020 मा प्रकाशित

चितवन । चितवनको भरतपुर कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १६ सहित २१ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्य १२ जना भरतपुर महानगर भित्रका, ३ जना राप्ती नगरपालिका र १ जना इच्छाकामना गाउँपालिकाका छन् ।

अन्य ५ जना बाहिरी जिल्लाका भए पनि चितवनकै अस्पतालमा उपचार गराइरहेका ब्यक्तिहरु हुन् । भरतपुर महानगरपालिका वडा नम्बर १, ३, ४, ८, १० र ११ का ७ जना पुरुष तथा ५ जना महिला हुन् । उनीहरुको स्वाब विभिन्न अस्पतालबाट लिइएको थियो । राप्ती ६ का तीन जना भने क्वारेन्टाइनमा बसेका थिए । इच्छाकामनाका एक जनाको पनि अस्पतालबाट स्वाब लिइएको थियो ।

भरतपुर अस्पतालमा उपचाररत बाराका एक जना, क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बैतडीका एक जना, पुरानो मेडिकल कलेजमा उपचाररत रौतहटका एक जना र तनहुँको क्वारेन्टाइनमा रहेका २ जनामा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पताले जनाएको छ । मंगलबार ३ सय १० वटा नमुना परीक्षण गरिएकोमा २१ जनामा कोरोना देखिएको हो ।

प्रतिक्रिया