१२ बैशाख २०८१, बुधबार
Follow Us

तीन दिनदेखि बेपत्ता पत्रकार बानियाँको शव मकवानपुरमा फेला

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७७, बुधबार ०९:२७

काठमाडौं । तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका सहायक-सम्पादक पत्रकार बलराम बानियाँको शव फेला परेको छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा उनको शव फेला परेको जानकारी दिए। बानियाँ सोमबारदेखि बेपत्ता थिए।

बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ। ‘उनी तीन दिनदेखि परिवार साथीभाइ र कार्यालयमा सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले बुधबार बिहान उजुरी गरेको थियो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेका थिए। प्रहरीले उनीसँग केहीबेर सोधपुछ गरेका थिए।

तनहुँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए। त्यो भन्दा अघि पनि उनी कान्तिपुर, नागरिक लगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।