१३ बैशाख २०८१, बिहीबार
Follow Us

नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको सामूहिक राजीनामा

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७७, बुधबार ०९:२८

वीरगन्ज । नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्जका स्वास्थ्यकर्मी र कर्मचारीले सामूहिक राजीनामा बुझाएका छन् । अस्पतालमा ३ सय ५० स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

२४ सै घण्टा कोरोना संक्रमितको उपचारमा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी तथा अस्पतालमाथि आक्रमण गर्ने कार्य भएपछि सुरक्षाको माग गर्दै सामूहिक राजीनामा दिनएको अस्पतालका मेसू डाक्टर मदन उपाध्यायले बताएका छन्।

उनीहरुले कोरोना विरुद्धको लडाईमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा हुनुपर्ने, अस्पतालमा तोडफोड गर्नेलाई कार्वाही हुनुपर्ने र सरकारबाट थप दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने माग राख्दै राख्दै आएका छन् ।