१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतमा रेल दुर्घटना हुँदा तीनको मृत्यु

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७७, बुधबार १७:५४

लण्डन । बेलायतमा बुधवार एक रेल दुर्घटना हुँदा तीन जानको मृत्यु भएको छ ।

एबर्डीनशायरमा एउटा यात्रुवाहक रेल दुर्घटना भएपछि चालकसहित तीन व्यक्तिको मृत्यु भएको हो।

दुर्घटना लगत्ते बेलायती प्रधानमन्त्री बोरीस जोनसनले एउटा ठूलो घटनाको रुपमा सो दुर्घटनालाई सार्वजनिक घोषणा गरेका थिए ।

भारी वर्षा र आँधीबेहरी पछि ट्रेनको लिगमा पहिरो गए पछि सो दुर्घटना भएको बताएको छ । यसअघि स्कटल्याण्ड भर बाढीले यातायत क्षेत्रमा ठूलो अवरोध गरेको थियो ।
दुर्घटनामा घाइते ६ जनालाई अस्पताल लगिएको थियो । उनीहरु सामान्य घाइते थिए ।