१५ बैशाख २०८१, शनिबार
Follow Us

आजबाट अन्तरजिल्ला सवारी पास बन्द

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७७, बिहीबार ०३:४२

काठमाडौं । मुलुकभर कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास बन्द गरेको छ ।

बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास वितरण नगर्न अनुरोध गरेको गृहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।