१३ बैशाख २०८१, बिहीबार
Follow Us

पिएसजी च्याम्पियन्स लिगको सेमिफाईनलमा

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७७, बिहीबार ०३:४६

लन्डन । इटालीको एटलान्टालाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा पुगेको छ । पोर्चुगलको लिस्बनमा गएराति भएको क्वाटरफाईनल खेलमा पिएसजी २–१ ले विजयी भयो । खेलको २६ औं मिनेटमा मारियो पासालिकले गोल गर्दै एटलान्टालाई अग्रता दिए ।

पराजयको निकट पुगेको पिएसजीले अन्तिम ३ मिनेटमा २ गोल गर्दै परिणाम उल्टायो । उसका लागि मार्किनोज र एरिक म्याक्सीम चोपो–मोटिङले एक एक गोल गरे ।

पिएसजीको पुनरागमनपछि एटलान्टाको च्याम्पियन्स लिगको शानदार यात्रामा पूर्णविराम लागेको छ । जितसँगै पिएसजी २५ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनलमा पुगेको हो ।

च्याम्पियन्स लिगको दोस्रो क्वाटरफाईनल खेलमा आज राती जर्मनीको आर.बी लेप्जीग र स्पेनको एथ्लेटिको मड्रिड भिड्नेछन् ।