September 20, 2020
5:28 AM | 10:13 AM

नेपालमा आज थप ४ जनाको मृत्यु, ५२५ कोरोना संक्रमित थपिए

  13/08/2020 मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा १२७ जनासहित नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

प्रतिक्रिया