८ बैशाख २०८१, शनिबार
Follow Us

‘लन्डन नेपाली मेला’ स्थगित (विज्ञप्ति)

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७७, बिहीबार १८:१९

लन्डन । तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हुने नेपाली मेला यस वर्ष स्थगन गरीएको छ। तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले एक विज्ञप्ति प्रकाशित गर्दै कोभिड १९ का कारण यही अगष्ट ३०, २०२० मा केम्प्टन पार्क, स्टेन्स रोड, सन्बरी अन थेम्समा निर्धारित नेपाली मेला नगरिने जानकारी दिएका हुन् ।

तमुधिं यूकेले नेपाली मेलाप्रति देखाएको चासो र मायाका लागि विशेष आभार व्यक्त गर्दै आगामी २०२१ सालमा पुनः भव्य रुपमा नेपाली मेला गरिने जनाएको छ। लन्डनमा बिगत ११ वर्षदेखि वर्षेनी नेपाली मेला हुंदै आएको छ ।