१५ चैत्र २०८०, बिहीबार
Follow Us

एभरेस्ट कप युरोप २०२० एनआरएन नर्वेको हातमा

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७७, बिहीबार १८:३३

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेको आयोजनामा एभरेस्ट कप २०२० सम्पन्न भएको छ। आइतबार झन्डै २५० जना सहभागी रहेको सो कार्यक्रम नर्वेको राजधानी ओस्ल स्थित नर्वेजियन खेलकुद स्कुल, सोंसभानको खेल मैदानमा आयोजना गरिएको थियो।

सन् २००८ मा ओसको फुटबल कार्यक्रमको बेला चट्याङ्ग दुर्घटनामा ज्यान गुमाएका नेपाली बिद्यार्थी कन्चन कार्कीको स्मरणमा २०१३ देखि एभेरेस्ट कप फुटबलको आयोजना गर्दै आएको यस बर्षको खेलमा ८ टिम सहभागी रहेका थिए।

निर्धारित समय बिहान ९ बजे शुरु गरिएको यस कार्यक्रममा जम्मा ८ टिमहरु एनआरएन नर्वेस नेपाली पोतुगिज समाज (नेपोस), नर्वेस नेपाली सोसाइटी (नेप्सा) ओसस द राइजिङ्ग स्टारस द सीनीयर्सस प्रवासी नेपाली एकता मंच, नर्वे र जनसम्पर्क समिति नर्वेको सहभागीता रहेको थियो।

प्रतियोगितामा आयोजक टिम एनआरएन नर्वे बिजेता बन्दै शिल्ड, प्रमाण–पत्र र नगद १०००० क्रोनर हात पारेको छ भने उप बिजेता बन्दै नेपाली पोर्तुगिज समाज, नर्वेले प्रमाण–पत्र र ६००० क्रोनर नगद पाउन सफल भएको छ। त्यसैगरी नेपोस नर्वेका खेलाडी जेनिश बानिया ७ गोल गर्दै सर्वाधिक गोलकर्ता खेलाडी घोषित हुँदै ट्रफी, प्रमाण–पत्र र नगद पाएका छन् भने एनआरएनए नर्वेका खेलाडी बिकल तिवारी उत्कृस्ट खेलाडी घोषित हुँदै ट्रफी, प्रमाण–पत्र र नगद पाएका छन्। त्यस्तै द सिनियर्स उत्कृष्ठ टिम घोषित भएको छ।

कार्यक्रममा बोल्दै एनआरएनए, नर्वेका सचिव दिपक पौडेले खेलको माध्यमद्वारा नेपाली समुदायबीचमा अन्तरसम्बन्ध अझै मजबुत र सुमधुर बनाउन र युरोपमा रहेका नेपालीबीच एकता कायम गर्न सकिने बताए।

एनआरएन नर्वेका युवा संयोजक नारायण थापाको संयोजन रहेको कार्यक्रममा एनआरएनए नर्वेका महासचिव पवित्र बस्नेतले कार्यक्रममा सहभागी सबै टिम तथा उपस्थित जनसमुदायको संयुक्त प्रयासबाट कार्यक्रम सफल भएको विचार ब्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद ब्यक्त गरे । अध्यक्ष नयन मल्लले खेलकुदले सबैमा हौसला दिएको र भविष्यमा पनि यस्ता खेलहरु आयोजना गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रमको अन्त्यमा एनआरएनए, नर्वे कार्यसमितिका सदस्यहरु, एनआरएनए आइसीसी सदस्य राजु अर्याल, सलाहकारहरु संजिव कुमार थापा, प्रेम परियार र कुमार पण्डित साथै विभिन्न संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु जितेन्द्र शाही, बिश्वास बजगाई, तसवर खान, बिष्णु माया अधिकारी (बिभु) बिक्रम बस्नेत र असिम लम्साल द्वारा संयुक्त रुपमा खलाडीहरु र स्वयंसेवकहरुलाई प्रमाण–पत्र, प्रसंसा–पत्र, शिल्ड, ट्रफी र नगद पुरस्कार बितरण गरेका थिए ।