६ बैशाख २०८१, बिहीबार
Follow Us

आरबी लेप्जीग च्याम्पियन्स लिगको सेमिफाईनलमा

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०७७, शुक्रबार ०४:०६

लन्डन । जर्मन फुटबल क्लब आर.बी लेप्जीग युरोर्पिन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाईनल खेलमा स्पेनको एथ्लेटिको मड्रिडलाई २–१ ले हराउँदै लेप्जीग सेमिफाईनलमा उक्लिएको हो ।

खेलमा लेप्जीगका लागि ड्यानियल ओल्माने र टाईलर एडम्सले एक एक गोल गरे । पराजित टोली एथ्लेटिकोका हुवाँ फेलिक्सले पेनाल्टीमर्फत एक गोल फर्काएका थिए ।

लेप्जीगले अब सेमिफाईनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)को सामना गर्नेछ । हिजोको भएको क्वाटरफाईनलमा इटालीको एटलान्टालाई २–१ ले हराउँदै पिएसजी अन्तिम चारमा उक्लिएको थियो ।

युएफा च्याम्पियन्स लिग फुटबलको तेस्रो क्वाटरफाईनल खेलमा आज राति दुई उपाधि दावेदार टोलीहरु जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सिलोना आमने सामने हुँदैछन् । अन्तिम क्वाटरफाइनल खेल भोलि राती इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र फ्रान्सको ओलम्पिक लियोंबिच हुनेछ ।