६ बैशाख २०८१, बिहीबार
Follow Us

२४ घण्टा नबित्दै सवारी पास वितरणमा रोक लगाउने निर्णय संशोधन

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०७७, शुक्रबार ०४:१४

काठमाडौं । गृह मन्त्रालयले २४ घण्टा नबित्दै सवारी पास वितरणमा रोक लगाउने निर्णय संशोधन गरेको छ । गृहले बिहीबार विज्ञप्ति जारी गर्दै २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई अत्यावश्यक सेवाका सवारीमा पास वितरण गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरसको जोखिम बढेको भन्दै गृहले बुधबार देशभर सवारी पास वितरणसम्बन्धी कार्य बन्द गर्न निर्देशन दिएको थियो । एम्बुलेन्स, सरकारी कर्मचारी लगायतको समेत आवागमन असर पुगेपछि बिहीवार निर्णय सच्याउँदै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट अत्यावश्यक सवारी साधनलाई पास दिने व्यवस्था गृहले गरेको हो । गृहले अनुमतिबिनाका सवारी साधन प्रस्थान विन्दुबाटै अन्तरजिल्ला आवागमनमा रोक्न निर्देशन पनि दिएको छ ।