१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०७७, शुक्रबार १०:१२

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपभोक्ता समितिका अध्यक्षलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको भन्ने उजुरीका आधारमा खड्कालाई मन्थलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

खड्का तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् । पार्टी नीति विपरीत काम गरेको भन्दै गत वर्ष नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य रहेका खड्कालाई प्रदेश कमिटीले निलम्बन गरेको छ ।