March 3, 2021
5:44 AM | 11:29 AM
खेल

राष्ट्रिय टिमको एक फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि

  14/08/2020 मा प्रकाशित

काठमाडौं । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो ।

तीमध्ये एक जनामा संक्रमण पुष्टि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएको छ । २३ खेलाडीसहित २९ जनाको परीक्षण गरिएकोमा बिहीबार २२ खेलाडीसहित २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया