१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली जनसम्पर्क समिति यूकेको १० स्थानमा क्रियाशील सदस्यता वितरण समिति

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०७७, शुक्रबार १०:४३

लन्डन । नेपाली जनसम्पर्क समिति यूकेले पाँचौं अधिवेशनको लागि नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनअनुसार नेपाल कांग्रेसको क्रियाशील सदस्य नवीकरण तथा नयाँ क्रियाशील सदस्य वितरणका लागि यूकेको विभिन्न सातवटा क्षेत्रलगायत वेल्स, एकटल्यान्ड र नर्दन आयरल्यान्ड गरी जम्मा १० वटा क्षेत्रमा वितरण समिति बनाएको छ । यो क्रियाशील सदस्यले नेपाली जनसम्पर्क समिति यूकेको पाँचौं कार्यसमिति तथा नेपाली कांगे्रसको चौथो महाधिवेशन प्रतिनिधि छनोट गर्ने छ ।

नेपाली कांग्रेसको पत्रअनुसार क्रियाशील सदस्यको मापदण्ड तथा शुल्कअनुसार रितपूर्वक आएको निवेदन क्रियाशील सदस्यको फारम नेपाली जनसम्पर्क समिति यूकेको सभापति युवराज गुरुङले प्रमाणित गरी केन्द्रमा सिफारिस गर्ने जानकारी नेपाल ब्रिटेन डट कमलाई प्राप्त भएको छ ।

नेपाली कांग्रेसको क्रियाशील सदस्य छानबिन समितिले अन्तिम नामावली टुंगो लगाएपश्चात नेपाली जनसम्पर्क समिति यूकेको पाँचौं अधिवेशन तथा नेपाली कांगे्रसको चौथो महाधिवेशन प्रतिनिधिको छनोट प्रक्रिया अगाडि बढ्ने जानकारी सभापति युवराज गुरुङले दिएका छन् । क्रियाशील सदस्य वितरण समिति यस यस प्रकार छ–

(क) पूर्वी लन्डन
१. सुरज केसी
२. युवराज सिंह
३. कुश बस्नेत÷खुशी लिम्बू
४. रेशम बस्याल
५. मन्दिप केसी
६. मोती भण्डारी
७. विनय अधिकारी
८. महलाल घिमिरे

(ख) नर्थ वेस्ट लन्डन
१. रितेश पाण्डे
२. आलेख चौहान
३. विजन भट्ट
४. क्षेमता ढकाल
५. सन्तोष गुरुङ
६. विनोद मोक्तान
७. विज्ञान प्रसाईं
८. हरिभक्त न्यौपाने
९. राजकुमार त्रिपाठी
१०. विकास देवकोटा

(ग) साउथ वेस्ट लन्डन
१. सूर्य नेम्वाङ
२. ईन्द्र हाङ लिम्बू
३. ईन्द्रमान गुरुङ
४. रमेश पौडेल
५. शान्तविनोद लामिछाने
६. विरेन खड्का
७. एभरेस्ट गौतम

(घ) हामस्पायर
१. रोमियन लिम्बू
२. हितकाजी गुरुङ
३. तर्कजंग गुरुङ
४. कोपिला सुब्बा
५. कुमारी गुरुङ
६. शेर सुनार
७. लोक गुरुङ
८. योगेन क्षेत्र
९. तारा गुरुङ

(ङ) केन्ट
१. किरण राई
२. भीम राई
३. सूर्य तामाङ
४. सुनिल गुरुङ
५. सुवास राई÷दिनेश खड्का
६. राजकुमार शाक्य

(च) बारकेशर
१. विश्व पण्डित
२. बेद लावती
३. नरकुमारी लिम्बू
४. विश्व घिमिरे
५. केशव गुरुङ
६. नवराज न्यौपाने
७. कृतिविलाश पन्त

(छ) मिडल्यान्ड
१. केशव भण्डारी
२. सुवास पोखरेल
३. उपेन पौडेल
४. शेखर कँडेल
५. संसाङ्ग शर्मा
६. राज सिटौला
७. दयानिधि सापकोटा

(ज) नर्दन आयरल्यान्ड
नारायण कँडेल

(झ) स्कटल्यान्ड
मोहन कार्की

(ञ) वल्र्स
चन्द्रमान लावती÷इन्द्र गुरुङ

क्रियाशील शुल्क
१. नवीकरण ७५ पाउन्ड
२. नयाँ ३० पाउन्ड
क्रियाशील सदस्यता फराम वितरण गर्दा आधा शुल्क सुरुमा धरौटी राख्ने गरी फराम वितरण गरिनेछ । एक व्यक्तिले बढीमा १० वटा फराम पाउने छ । पहिलो १० वटा फरामको सबै प्रकृया पूरा गरी बाँकी शुल्कसहित बुझाएपछि मात्र नयाँ फराम पाउने सभापति गुरुङले जानकारी दिए ।