१३ बैशाख २०८१, बिहीबार
Follow Us

थप ५ सय ९४ जनामा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०७७, शुक्रबार ११:०९

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ४० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ७७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै क्वारेन्टाइनमा रहेकाहरुको संख्या १४ हजार ६ सय ३८ रहेको छ ।

विगत २४ घण्टामा ११ हजार ५ सय ७५ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।