November 24, 2020
8:29 PM | 2:14 AM

च्याम्पियन्स लिगबाट म्यानचेस्टर सिटी आउट

  16/08/2020 मा प्रकाशित

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाईनल सकिमरण पूरा भएको छ । गएराती भएको अन्तिम क्वाटरफाईनल खेलमा फ्रान्सको ओलम्पिक लियोंले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीलाई हराएसँगै सेमफिाईनल पुग्ने सबै चार टोलीको टुंगो लागेको हो ।

अब सेमिफाईनलमा लियोंको भिडन्त जर्मन क्लब बायर्न म्युनिखसँग हुनेछ । अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजी र जर्मनीको आर.बी लेप्जीग भिड्नेछन् । गएरातीको खेलमा लियोंले म्यान्चेस्टर सिटीलाई ३–१ ले हरायो । उसका लागि मौसा डेम्बेलेले दुई तथा म्याक्सवेल कोेर्नटले एक गोल गरे ।

पराजित टोली सिटीका केभिन डे ब्रायनले एक गोल गरेका थिए । यो हारसँगै म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने सपना फेरी एकपटक टुटेको छ । यसपटक सेमिफाईनलमा जर्मनीका दुई टोली तथा फ्रान्सका दुई टोली पुगेका छन् ।

प्रतिक्रिया