१२ बैशाख २०८१, बुधबार
Follow Us

‘कांग्रेस महाधिवेशनमा पेचिलो बन्दै विदेशी नागरिकता’

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७७, आईतवार १८:०९


राजु थापा
। नेपाली काग्रेस १० औ लाख क्रियाशील सदस्य बनाउने उद्देश्यका साथ आगामी फाल्गुनमा पार्टीको १४ औ महाधिवेशन गर्नको लागी जुटेको छ ।क्रियाशील सदस्य बाढ्ने देखी लिएर कोठे बैठक,गुट गुटका बैठक, को कुन पदको उम्मेदवार हुने,बनाऊने बहश छलफलमा जुटेका छन । तर नेपाली काग्रेस केन्द्रीय कमितिले बिदेशमा रहेका बिदेशी राहदानी लिएकालाई अहिले क्रियाशील सदस्य नदिने निर्णय गरेको छ ।

हो हामीलाई थाहा छ नेपालको कानुनले बिदेशी नागरिकलाई राजनैतिक अधिकार दिएको छैन । तर मेरो बुझाई ,हाम्रो बुझाई बिदेशी नागरिकले संसद ,नगर पालिकाको मेयर ,उपमेयर वा सदस्य, गाऊँ पालिकाको अध्यक्ष उपाध्यक्ष र वडा सदस्यहरु मात्रै बन्न नपाऊने हो ।

तर कुनै पनि पार्तीको कृयाशील सदस्य हुन नपाऊने वा हुन नदिने भन्ने नेपालको कानुनमा छैन ।यो पार्तीको आन्तरिक कुरा हो ।यदि जो कोही बिदेशी चाहे अमेरिकन होस वा युरोपियन नागरिक वा जुन सुकै देशको नागरिक होस, यदि नेपाली काग्रेसको बिधि बिधानमा रहेर काम गर्छ भने साधारण सदस्य लिएर प्रक्रिया पुर्याएकालाई क्रियाशील सदस्य दिदा केही फरक पर्दैन जस्तो लाग्छ ।

हिजो र आज पनि नेपाली कांग्रेसको पहरेदार बिभिन्न कारणले बिदेश गएर बिदेशी राहादानी लिएकालाई क्रियाशील सदस्य नदिने हो भने नेपाली काग्रेसले हजारौ कार्यकर्ता गुमाऊनुको साथै उनिहरुबाट आउने करोडौ लेबी पनि गुमाऊने छ ।

त्यति मात्रै हैन,
१. क्रियाशील सदस्य नभए पछि बिदेशमा काग्रेसको जन सम्पर्क समिति रहने छैन ।
२. जनसम्पर्क समिति नभए पछि नेताहरु आऊदा कुनै पनि कार्यक्रमहरु हुने छैनन् ।
३. नेताहरुलाई फुलमाला लिएर एयरपोर्टमा स्वागत र बिदाई का कार्यक्रमहरु बन्द हुने छन ।
४. नेताहरु बिदेश आऊदा एक देशबाट अर्को देशमा जादा लैजाने ल्याउने ब्यबस्था कम हुने छ ।
५. नेताहरुलाई बिदेश बोलाऊने घुमाऊने खर्चपानी दिने कम हुनेछ ।
६. निर्वाचनका बेला आआफ्ना क्षेत्र वा गाऊका आफ्ना उम्मेदवारलाई बिदेशबाट उठाएर पठाउने चुनाब खर्च रोकिने छ ।
७. हिजो पार्तीको जिम्मेबारी पदमा बसेर काम गरेका हरुको उनका कारणले पार्टीमा रहेका आफन्तहरुसंग राजनैतिक संम्बन्ध कम हुने छ र तिनीहरुले राजनैतिक बिचार परिबर्तन गर्न सक्छन ।

यी कुराहरु एकैचोटी एकैछिनमा नभए पनि बिस्तारै हुनेछन । हाम्रो सम्वन्ध पार्टी वा नेतासंग क्रियाशील सदस्य छ र यहाँ जनसम्पर्क समिति छ र भएको हो । यदि नेपाली कांग्रेसले क्रियाशील सदस्यनै नदिने हो भने यी सबै संम्बन्ध बिस्तारै हट्ने छ । बिदेशमा भएका कांग्रेसका आफ्ना सदस्यहरुलाई क्रियाशील सदस्य नदिने भन्ने गरेको निर्णय सच्चाउने छ भन्ने बिश्वास छ । पार्टीले आफ्ना कार्यकर्ता किन बिदेशीएका हुन भन्ने बुझ्न जरुरी छ । म मेरो उधारण दिन चहान्छु ।

२०४२ सालमा नेबिसंग गाऊँ कमितिको उपाध्यक्ष पदबाट काग्रेस शुरूवात गरेको बिभिन्न पदमा रहदै अहिले सम्म काग्रेसमै रहदै आएको छु ।२०५५ साल देखि निरन्तर क्रियाशील सदस्य छु र निरन्तर पार्टीलाई लेबी बुझाउदै आएको छु ।
माओबादी जनयुद्दकालमा कांग्रेस कार्यकर्ताहरुलाई खोजीखोजी कार्बाही गर्ने रणनीति अनुसार हाम्रा कयौ तरुण साथीहरुलाई हात खुट्टा भाच्ने देखि लिएर हत्या गरेको सुनियो,देखियो।

मेरो घरमा पनि कयौ पटक आएको र म धेरै पटक गाँऊमा रहदा साँझ परे पछि साथीहरुलाई लिएर गाँऊलेहरुको घरमा या गोठमा सुतेको थिए ।
ँमेरो कार्यक्षेत्र गाबिस भवन जलाऊन आऊदा गाउलेहरुले भवन जलाऊन नदिएर टेवल कुर्ची कागजपत्र जलाई दिएका थिए माओवादीहरुले ।
यसरी राज्यले सुरक्षा दिन नसके पछि म जस्तै बिदेशीन बाध्य भएका धेरै साथीहरु हुनुहुन्छ ।

तपाईहरुलाई जस्तै देश र कांग्रेसको मायाँ हामीलाई पनि छ ।हामीले पनि पार्टीमा दुःख गरेका छौ ,संगठन बिस्तार गरेका छौ ।हामीले बनाएका कमितीका साथीहरु सदस्यहरु आज पार्टीको राम्रै पोष्टमा पुगेका छन ।

फेरी पनि नेपाली काग्रेसका नेताहरुलाई आग्रह गर्दछु विदेशी नागरिकता लिएका नेपालीहरुलाई समेत पार्टीको मुलधारमा ल्याउन यसअघि पार्टीले गरेको निर्णयमा पुनर्विचार गर्नु पर्छ । जसरी संविधानले विदेशमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकको रुपमा स्वीकार गरेको पार्टीले पनि संविधानको भावनाको कदर गर्नु पर्छ ।

– हाल बेल्जियम