७ बैशाख २०८१, शुक्रबार
Follow Us

सन्दीप लामिछाने आवद्ध जमैका तलावाजको विजयी सुरुवात

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०७७, बिहीबार ०६:०७

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्व टिम जमैका तलावाजले विजयी सुरुआत गरेको छ । गएराति भएको खेलमा जमैका तलावाजले सेन्ट लुसियालाई ५ विकेटले हरायो ।

सेन्ट लुसियाले दिएको १ सय ५९ रनको लक्ष्य जमैकाले १८ ओभर ५ बलमा पाँच विकेट गुमाएर पूरा ग-यो । यसअघि ब्रायन लारा क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५८ रन जोडेको थियो ।

उसको लागि रोस्टन चेसले अर्धशतक प्रहार गर्दै ५२ रन जोडे । बलिङमा जमैकाका मुजिब उर रहमान र भिरास्वामी परमौलले २–२ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट झारे । चार ओभर बलिङ गरेका सन्दीपले २३ रन खर्चेर एक विकेट लिएका हुन् ।