१३ बैशाख २०८१, बिहीबार
Follow Us

रामेछाप चोप्राङमा ट्रिपर दुर्घटना, चारको मृत्यु

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७३, बुधबार ०५:५३

धुलिखेल । रामेछाप जिल्लाको खाँडादेवि गाविसको चोप्राङमा ट्रिपर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । पकरवास गाल्पा सडकमा काम गरेर पात्लेस्थित क्याम्पमा फर्कने क्रममा बा २ ख छ आठ आठ आठ नम्बरको ट्रिपर लिसेपाटि र चोप्राङको बिच डाँडाँमा दुर्घटना हुँदा ३ जनाको घटनास्थल मै र १ जनाको उपचारका लागी सदरमुकाम मन्थली ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृत्यु हुनेहरुमा सिन्धुपाल्चोकका ट्रिपर चालक कुमार बिक, सिन्धुली भिमानका रुपेष भण्डारी, सर्लाहीका बिकास पौडेल र ललितपुर चापागाउँका किरण डाँगी रहेको प्रहरीले जनाएको छ । मृतकहरुको शव पोष्टमार्टमका लागी सदरमुकाम मन्थलीमा राखिएको छ ।