September 30, 2020
11:01 PM | 3:46 AM

सेभियाले छैटौं पटक जित्यो युरोपा लिगको उपाधि

  22/08/2020 मा प्रकाशित

लिस्वन । स्पेनिस फुटबल क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि ६ पटक जित्ने किर्तीमान बनाएको छ । गएराती जर्मनीको कोलोनमा भएको फाईनल खेलमा इटालीको इन्टर मिलानलाई ३–२ ले हराउँदै सेभियाले यो किर्तीमान बनाएको हो ।

खेलमा सेभियालाई विजयी गराउन लुक डे योङले दुई गोल गरे । इन्टर मिलानका लुकाकुले एक आत्माघाति गोल गरेका थिए । पराजित टोली इन्टरका लागि लुकाकु र डिएगो गोडिनले एक एक गोल गरे ।

खेलमा गोल गरेका लुकाकलेु युरोपा लिगमा लगातार ११ खेलमा गोल गर्ने किर्तीमान समेत बनाएका छन् । सन् २००६ मा पहिलो पटक तत्कालिन युएफा कप जितेको सेभियाले त्यसयता ६ पटक यो उपाधि उचालेको हो ।

युरोपियन क्लब फुटबलमा च्याम्पियन्स लिग पछि युरोपा लिग सर्वाधिक महत्वको प्रतियोगिताको हो । यो सिजनको च्याम्पियन्स लिगको उपाधिका लागि आईतवार राती पोर्चुगलमा हुने फाईनल खेलमा जर्मनीको बायर्न म्युनिख र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्नेछन् ।

प्रतिक्रिया